Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक मनाङेले भने, ‘पहिलो श्रीमती र छोरालाई अंश दिएँ, अलिअलि केटाहरुलाई लगानी गरिदिएको छु’

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ(दीपक मनाङे)ले सम्पत्ति विवरण बुझाएका छैनन्। मन्त्री गुरुङले सम्पत्ति विवरण नबुझाउनुको कारण खुलाएका छन्।

मन्त्री मनाङेले पहिलो श्रीमती र छोराहरुलाई अंश दिनु परेकोले वास्तविक सम्पत्ति विवरण बुझाउन नसकेको जानकारी दिएका छन्। ‘म आफुसँग भएको सम्पत्ति पहिलो श्रीमती र छोराहरुलाई पनि अंशवापत दिएँ, अलिअलि भएको पहिला बिजनेस गर्दा केटाहरूलाई लगानी गरिदिएको थिए, त्यो आएको छैन’ उनले भने– ‘आएपछि विवरण बुझाउँला, आउनेवाला छ भनेर लेख्न मिलेन, मेरो नाममा केही छैन,’ पत्रकार सम्मेलनमा उनले भने।

गण्डकी प्रदेशका अन्य मन्त्रीहरूले दुई साताअघि नै सम्पत्ति विवरण सार्वजनिक गरे पनि मनाङे र भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन्।

भ्रष्टाचार निवारण सम्बन्धी ऐन, २०५९ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितका अन्य मन्त्रीले भने साढे २ महिनापछि मात्र सम्पत्ति विवरण बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077