Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाण्डे र भट्टको मुद्धामा तत्काल कुनै कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गर्दै नेकपा (एमाले)का दुई सांसद (सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट)ले दर्ता गराएको रिटमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि नबढाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

आइतबार सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको इजलासले पाण्डे र भट्टले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उनीहरुको हकमा तत्काल कुनै कारबाही अगाडि नबढाउन भनेको हो। यसअघि हिजो (बिहीबार) पहिलो र शुक्रबार दोस्रो पेसी तोकिए पनि सुनुवाइ भएको थिए।

यस्तै, न्यायाधीश खड्काको इजलासले सो विषयमा छलफलका लागि दुवै पक्षलाई भदौ २९ बोलाउन भनेको छ।

बुधबार एमाले सांसद पाण्डे र भट्टले सर्वोच्चमा दिएको रिटमा आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरी दिएको भन्दै एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077