Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको निर्देशनपछि एमाले सांसदहरुले थाले संसदमा नाराबाजी

काठमाडौँ। प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि नेकपा एमाले सांसदहरुले नाराबाजी थालेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाइरहेका छन् ।

सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताएका छन् । सभामुख सापकोटाले निरन्तरको अबरोधले अन्य सांसदहरुको अधिकार हनन हुने पनि बताएका छन्।

यद्यपि एमाले सांसदहरुले नारावाजी जारी राखेका छन्। यसअघि गत बुधबार र शुक्रबार पनि एमाले सांसदहरुले बैठकमा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।

[insert page='85682' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077