Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • गोन्जालोको निधनपछि प्रचण्डले भने – तत्कालका लागि क्रान्तिको एउटा मोडेल अन्त्य भयो

    गोन्जालोको निधनपछि प्रचण्डले भने – तत्कालका लागि क्रान्तिको एउटा मोडेल अन्त्य भयो

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् ।

    आइतबार बिहान अध्यक्ष प्रचण्डले सामाजिक सन्जालमार्फत नेता गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेको भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन्।



    सन् १९९२ देखि आजीवन काराबासको सजायँ भोग्दै आएका गोन्जालोको जेलमै ८६ वर्षको उमेरमा शनिबार उनको निधन भएको थियो । पेरुमा सशस्त्र क्रान्ति थालेका उनी आतंक फैलाएको आरोपमा जेल परेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार