Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बोलाएको छ। बैठक आइतबार मध्यान्ह १२ बजे बस्न लागेको हो।

बैठकमा आइतबार नै बस्न लागेको प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफल हुने बताइएको छ। सभामुख अग्नि सापकोटाको भूमिका र एमालेले कारबाही गरेको १३ सांसद बैठकमा सहभागी भएको भन्दै आक्रोशित बनेको एमालेले आइतबारको बैठकका लागि रणनीति बनाउँदै छ।

भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ। एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको छ।

एमाले नेताका अनुसार अनुसभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिका र संसदमा देखाएको व्यवहारको पनि बैठकमा गम्भीर समीक्षा हुने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077