Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमसीसी सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो मान्य हुँदैन : नेपाल

नेपालगञ्ज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताएका छन् ।

शनिबार बाँकेको नेपालगन्जमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने–‘सुरुमा एमसीसी परियोजना नेपालको हितमा छ भन्ने पुष्टि गर्नु पर्‍यो । यो परियोजनामा विकासको कुरामात्रै छ भन्नु पर्‍यो । सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो हुँदैन । हामीलाई लिखित चाहियो कि यो सुरक्षासँग सम्बन्धित छैन।’

एमसीसीका प्रतिनिधिहरुसँगको भेटमा उनले नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077