Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभामुखलाई माइकले हान खोज्ने सांसद भन्छिन्- मौका मिलेन, नत्र टाउको आजै फुट्ने थियो

काठमाडौँ । रौतहटबाट समानुपातिकमा निर्वाचित भएकी नेकपा एमालेकी सांसद रेखाकुमारी झाले सभामुख अग्निप्रसाद सापकोटालाई अब सभामुख मान्न नसकिने बताएकी छिन्। सांसद झाले सभामुखको भूमिका एकपक्षीय र संसदीय पद्धतिविपरित रहेको भन्दै अब सभामुख मान्न नसकिने बताएकी हुन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले आज सभामुख सापकोटाको टाउको फुटाउने योजना भएको बताइन्। आफूले माइक तानेर प्रहार गर्न खोेजेको स्वीकार गर्दै सांसद झाले पत्रकारहरुसँग भनिन्, 'आज सभामुखको टाउको नै फुटाउन खोजेको थिए, तर मिलेन' उनले भनिन्, ' संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ आक्रोशित प्रश्न तेर्स्याइन ।

यस्तै, उनले आजको उक्त मौका नमिलेपनि आगमी बैठकमा मौका मिल्नेबित्तिकै हान्ने बताएकी छन् । उनले भनिन्, अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’

[insert page='85379' display='yopanipadhnuhos.php']

[insert page='85392' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077