Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्ना नजिकका कर्मचारीको सरुवा गरेको भन्दै वडाध्यक्षले गरे महानगरमा तोडफोड

काठमाडाैं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा तोडफोड भएको छ ।

आफूलाई जानकारी नदिई महानगर प्रशासनले आफ्ना नजिकका कर्मचारीको सरुवा गरेको भन्दै वडा नम्बर ५ का अध्यक्षले महानगरपालिकाको कार्यालय तोडफोड गरेका हुन्।

शुक्रबार कार्यालयमा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखको कार्यालयको ढोकामा तोडफोड गरेकाे स्राेतले बताएकाे छ ।

स्रोतका अनुसार उनले आफूनिकट इन्जिनियर कर्मचारीको सरुवा गरेपछि ढोका तोडफोड गरेका हुन् ।

घटनाबारे महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, 'सुनेको चाहिँ छु । म बाहिर कार्यक्रममा आइरहेको हुँदा सबै डिटेलमा बुझ्न पाएको छैन, किन के-कति क्षति भयो भन्ने कुरा रिपोर्टिङ भइसकेको छैन ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077