Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्रीले गरे ओली सरकारको बजेटमाथि संशोधन, कर्णालीका गरिबहरुलाई तीन महिने योजना

    अर्थमन्त्रीले गरे ओली सरकारको बजेटमाथि संशोधन, कर्णालीका गरिबहरुलाई तीन महिने योजना

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

    प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा मन्त्री शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत जारी गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्दै आर्थिक विधेयकमार्फत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष ०७८-७९ का लागि पेस भएको बजेटमा संशोधन गरेका हुन् ।



    मन्त्री शर्माले विद्यमान गरिबी न्युनिकरण गर्ने, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, समावेशी र समाजवाद उन्मुख गणतन्त्र स्थापना गर्नेलगायत उद्देश्यले बजेटमा संशोधन गर्नुपरेको बताए । उनले कर्णालीका गरिबहरुका लागि तीन महिनाभित्र योजना तयार गरी प्रस्तुत गर्ने र समाजमा विद्यमान विभिन्न प्रकारका विभेदलाई कम गर्न प्रभावकारी कार्यक्रम सञ्‍चालन गर्ने घोषणा गरे ।



    उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्वपूर्ण विषय समावेश रहेको छ ।

    प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीका बीच उनले उक्त विधेयक प्रस्तुत गरेका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदले यसअघि झैँ उठेर रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार