Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ ।

केन्द्रीय बैंकले बिहीबार एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार प्रयोग र माइनिङ गरिनु पूर्णरुपमा गैरकानुनी रहेको स्पष्ट पारेको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकारअनुसार कुनै पनि गैरकानुनीरुपमा कारोबार नगर्न तथा नगराउन स्पष्ट पारिएको छ ।

केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ 'हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार प्रयोग, माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउनेसमेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको वा ठगिनसक्ने अवस्था देखिएको हुँदा कसैले पनि त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुनअनुसार सजाय हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077