Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभामुखले टेरेनन् एमाले सांसदहरुलाई, चर्को हो-हल्ला र नाराबाजीका बाबजुत बैठक सुचारु

काठमाडौं । १५ मिनटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुचारु भएको छ ।

एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । यद्यपि अहिले पनि नाराबाजी र बिरोधकै बीच सभामुखले बैठक सुचारु गरेका हुन्।

सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताएका छन् ।

यसअघि गत बुधबार पनि एमाले सांसदहरुले बैठकमा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।

आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यक्रम छ ।एमाली सांसदहरुको विरोधकै बीच राष्ट्रियसभामा गृहमन्त्री खाँणले अध्यादेश पेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077