Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कीर्तिपुरमा एमसिसी उपाध्यक्ष सुमारसहित प्रधानमन्त्री देउवा र बाबुरामको पुत्ला दहन

काठमाडौँ । चारदिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारको विरोध प्रदर्शनमा उत्रिएका युवाहरुले पुत्ला दहन गरेका छन्।

शुक्रबार बिहान युवाहरुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमसिसी उपाध्यक्ष सुमार, एमसिसीको पक्षमा रहेका जसपा नेता डा. बाबुराम भट्टराईसहितको पुत्ला दहन गरेका हुन् ।

एमसीसी उपाध्यक्ष सुमारसहितको टोली अहिले नेपालमा छ र उनीहरुले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन् । भेटवार्ताको क्रम चलिरहेका बेला प्रदर्शन भने रोकिएको छैन।

बिहीबार नेपाल आएको उक्त टोलीले बिहिबार दिउँसो नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसापका नेताद्वय उपेन्द्र यादव र डा. भट्टराईसहितलाई भेटेको थियो।

यस्तै, शुक्रबार बिहान उक्त टोलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट गरेको छ भने अबको केहीबेरमा प्रधानमन्त्री देउवासहितलाई भेट्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077