Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय सहमतिपछि एमसीसी पारित गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले राष्ट्रिय सहमतिपछि मात्रै अमेरिकी परियोजना (एमसीसी) पारित गर्नुपर्नेमा प्रचण्डको जोड दिएका छन्।

शुक्रबार बिहान नेपाल भ्रमणमा रहेको  एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा माओवादी अध्यक्ष प्रचण्डले यस्तो जोड गरेका हुन्।

भेटमा अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताए । उनले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताएको सचिवालयले बताएको छ  ।

यस्तै, एमसीसीकी उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताईन् । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउदै सकारात्मक निर्णय हुनेमा आफु आशावादी रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077