Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सत्ता साझेदार दलको बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं – सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिएको हो।

बैकठमा एमसीसी सम्झौता, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ। एमसीसी उपाध्यक्ष फतिमा सुमारको टोली नेपालमा छ। एमसीसी पास गराउन सक्रिय टोलीले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छलफल गरिसकेको छ।

एमसीसी सम्झौताका विषयमा सत्ता गठबन्धनका दलबीच नै मतभेद देखिएको छ। २०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच ५ सय मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान सहयोग सम्बन्धी सम्झौता भएको थियो।

सम्झौता अनुमोदन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता गराएको थियो। तर दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077