Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेले डाक्यो स्थायी कमिटी बैठक

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक शुक्रबारका लागि बोलाइएको हो।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अपरान्ह ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाइएको हो। बैठकमा विधान महाधिवेशनको तयारी स्वरुप प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीका साथै चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा एमसीसी सम्झौतामा पार्टीको आधिकारिक धारणा, संसदको अबको बैठक कसरी प्रस्तुत हुनेलगायतका विषयमा पनि छलफल हुने तामाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077