Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्रीलाई रोक्न खोज्दा गंगा चौधरी र मर्यादापालकबीच घम्साघम्सी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवा र मर्यादापालकबीच घम्साघम्सी भएको छ।

बैठकमा सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकोतर्फबाट सांसद चौधरीले रोष्टममै उक्लिने प्रयास गरेपछि चौधरी र मर्यादापालकबीच धकेलाधकेल भएको हो।

बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशन अन्तर्गतको पहिलो र दोस्रो बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले २ पटक १५–१५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

त्यसपछि तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश पेस गर्न लाग्दा यस्तो देखिएको हो ।  प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोकेका थिए  ।

त्यसक्रममा एमाले सांसद चौधरी भने रोष्टममै उक्लिने प्रयास गरेको र त्यसै क्रममा मर्यादापालकबीच धकेलाधकेल भएको एक सांसदले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077