काठमाडौं । प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ ।
एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बैठकको सुरुमै बोलेका नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारवाही गरेका सांसद किन बचाएको र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका थिए।
जवाफमा सभामुख सापकोटाले प्रचलित कानुनको आधारमा आफूले निर्णय लिएको बताए । उनले संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाका सवालमा संघीय संसदको कुनै सदनमा छलफल गर्न वञ्चित गरेको पनि प्रस्ट पारे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेकी थिइन् ।
Leave a Reply