Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसी पारित गराउन अमेरिकी राजदूतको लबिङ, मेरियटमा बाबुरामसँग भेटवार्ता

काठमाडौँ । नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बहसको विषय बनिरहेको छ । सरकारले एमसीसी सम्झौता अघि बढाउने तयारी गरेपछि बहससँगै विरोध, प्रदर्शनका कार्यक्रम पनि हुन थालेका छन् ।

यसै बिषयबारे एमसीसीबारे नेपालको पछिल्लो अवस्था बुझ्न एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको टोली पनि काठमाडौँमा आइसकेको छ । अहिले एमसीसी पारित गराउनका लागि सत्तारुढ गठबन्धनबीच सहमति जुटाउन पहल भइहेको छ । एमसीसी संसदबाट पारित हुनुपर्ने व्यवस्था छ । आजदेखि सदनको अधिवेशन सुरु हुँदैछ ।

एमसीसीको चर्चा, पारित हुने नहुने, गर्ने नगर्नेबीच विवाद बढिरहेका बेला अमेरिकी राजदूत र्याण्डी बेरीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्। दूतावास स्रोतका अनुसार बुधबार राजधानीको होटल मेरियटमा राजदूत बेरीले एमसीसी पारित गराउनका लागि भट्टराईलाई लबिङ गरिदिन आग्रह गर्दै भेटवार्ता गरेका हुन्।

पछिल्लो समय एमसीसी पारित गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा प्रयासरत छन् । एमसीसी सम्झौताको सुरुवात पनि देउवाको यसअघिको कार्यकालमै भएको थियो । त्यसतिबेला तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर शाहीले यो सम्झौता गरेका थिए ।

परियोजना अन्तर्गत अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ । तर एमसीसी सम्झौताका केही बूँदाहरु राष्ट्रघाति भएको भन्दै विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077