Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अध्यक्ष प्रचण्डद्वारा माओवादी विघटनको प्रस्ताव

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी विघटन गर्न प्रस्ताब अघि सारेका हुन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले बासु र भीमसेन पोखरेल 'वैरागी'को २३ औं स्मृतिमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष प्रचण्डले आफूले पार्टीलाई रुपान्तरण गरेर क्रान्तिकारी पार्टी बनाउन चाहँदा नेता तथा कार्यकर्ताले त्यस्तो हुन नचाहेकाे भन्दै पार्टी विघटनको प्रस्ताव अघि सारेका हुन्।

'एमालेजस्तै हुने हो भने त यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र' ? प्रचण्डले कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्तालाई प्रश्न गरे । 'बरू त्यो भन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गर्दा हुन्छ।'

कार्यक्रममा प्रचण्डले भने, 'क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरौं भन्ने हो, गुट बनाउने र पैसा प्राप्ति गर्ने भए एमालेमै गए भयो त, जानुभयो त हाम्रा केही साथीहरू।'

यस्तै, कार्यक्रममा प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको आराेप लगाएका छन।

देशभित्रबाट पनि र देश बाहिरबाट पनि गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताउँदै उनले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्ने जानकारी दिए ।

उनले भने, ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077