Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मोरङका ८ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

    मोरङका ८ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

    अनलाइन नेपाल
  • मंगलबार, २२ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    मोरङ – नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्नका लागि आजसम्मको समय दिएको थियो।

    दल रोज्ने अन्तिम दिन मोरङमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित ८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार ४ जना वडा सदस्य र ४ जना वडा अध्यक्षले एकीकृत समाजवादी दल रोजेका हुन्।



    बुढीगंगा गाउँपालिका –४ का अध्यक्ष कासिम मिया, बुढीगंगा–५ का अध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका– १ का अध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई नगरपालिका– १० का अध्यक्ष टंक ढकालले एकीकृत समाजवादी रोजेका हुन्।



    नेकपा एमाले मोरङका प्रवक्ता ओसिम आलमका अुसार मोरङबाट ४ जना वडा सदस्यहरुले नयाँ दल रोजेका छन् । निर्वाचन कार्यालयका अनुसार १० जना प्रदेश सांसदले पनि विराटनगरबाटै नयाँ पार्टी रोजेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार