Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संखुवासभा हत्याकाण्ड : परिवारका ६ जना मारिँदा भाग्यले बाँचेका वृद्ध घटनाबारे के भन्छन् ?

संखुवासभा । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या हुँदा एक वृद्ध भने बाँचेका छन्। उनी हुन् ९० वर्षीय बौद्धमान कार्की।

कार्की न राम्ररी कान सुन्छन्, न आँखा देख्छन्। बिरामी र वृद्धावस्थाले ओछ्यानमा थला परेका यी वयोवृद्धले अब आफ्नो बाँकी जीवन एक्लै काट्नुपर्ने भएको छ।
प्रारम्भिक बयानमा उनले आफूले केही थाहा नपाएको बताएका छन्। हत्याकाण्ड हुँदा उनी घरमै थिए। हत्याराहरूले ७ वर्षकी बालिकादेखि ८४ वर्षकी वृद्धासम्मलाई छोडेनन्।

बौद्धमानकी पत्नी ८४ वर्षिया पार्वती कार्की र उनीहरुकी ७ वर्षिया नातिनी गोमा कार्कीको हत्या भएको छ। अन्य मृतकहरूमा ५२ बर्षीय तेजबहादुर कार्की र श्रीमती ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की र ११ बर्षिय दिपेन कार्की रहेका छन्।

तेजको दुई छोरा विदेशमा छन्। जेठो छोरा रमेश मलेसियामा छन् भने कान्छो नरेश दुबईमा छन्। रमेशको श्रीमती रञ्जना र छोराछोरी गोमा र दिपेनकै हत्या भएको छ।

प्रत्यक्षदर्शीहरुका अनुसार यो हत्याकाण्ड निकै रहस्यमय देखिएको छ। घटना कहिले र कतिबेला भएको हो भन्ने पनि एकिन हुन सकेको छैन। छिमेकीहरुले सोमबार बिहान ९ बजेमात्रै थाहा पाएका थिए। ६ जनाको शव यततत्र छरिएको अवस्थामा भेटिएको छ।

घटनास्थलको प्रकृति हेर्दा राति गराइएको जस्तो नदेखिएको मादी नगरपालिका १ का वडाअध्यक्ष खेमनाथ कटुवालले बताए। ‘श,वको प्रकृति तथा लुगा–जुत्ताहरूको अवस्था हेर्दा राति भएको देखिदैन। ल खे टे र ह,’त्या गरिएकोजस्तो देखिन्छ,’ उनले भने।

घटनाको विषयमा छिमेकीले वडाध्यक्षलाई र वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए। अहिले इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

६ जनामध्ये ४ जनाको शव छुट्टाछुट्टै ठाउँमा भेटिएको थियो। ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया रञ्जना कार्कीको शव घर छेउको खोल्सामा भेटिएको छ भने छोरा तेजकुमार कार्कीको शव सडकमा भेटिएको छ। २ जना नातिनातिनी दिपेन र गोमाको शव घरमाथि खरबारीमा भेटिएको छ। ८४ वर्षीया पार्वतीको शव घरभित्रै थियो।

दुई सय मिटर घर भएका छिमेकीहरुले पनि घटनाबारे केही थाहा नपाएको बताएका छन्। वृद्धले कसैसँग आफूहरूको कुनै रिसइबी नभएको बताएका छन्। वडाध्यक्ष कटुवालले पनि सो परिवारको कसैसँग झगडा भएको आफूले थाहा नपाएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077