Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौँ महानगरका वडासदस्य घुसको रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका १४ नं. वडा कार्यलयका वडासदस्य वसन्त महर्जनलाई दुई लाख घुसको रकमसहित पक्राउ गरेको छ ।

आयोगका अनुसार वडासदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणितका लागि सेवाग्राहीसँग मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिने भन्दै दुई लाख घुस लिएका थिए ।

महर्जनले उक्त घुस रकम लिएको भन्दै आयोगमा उजुरी परेपछि खटिएको आयोगको टोलीले उनलाई कलंकी, खसी वजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयवाट सोमबार पक्राउ गरेको हो ।

यस बिषयमा आवश्यक थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077