Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कपाल फुलेर मात्रै हो, नत्र म पनि युवा नै हो : केपी ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले आफूलाई युवा नै ठान्ने गरेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, 'युवा संघको पनि म अध्यक्ष नै हो, म आफूलाई युवा नै ठान्छु, भुलचुकले कपाल फुल्यो बेग्लै कुरा हो। '

कार्यक्रममा युवा संघबाट युथ फोर्समा प्रवेश गर्दै गरेकाहरुलाई स्वागत गर्दै ओलीले भने, 'तपाईले देशका लागि काम गर्ने अठोट राख्नुभएको छ । अब तपाईले झूठ कुरा बोल्नुपर्दैन, साँचो कुरा ढाकछोप गर्नुपर्दैन। '

अध्यक्ष ओलीले आफ्ना देशभक्ती नीति र अडानका कारण आज हजारौँ साथीहरु युवा संघ (नेकपा एमाले) मा प्रवेश गरेको दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077