Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दार्चुला घटनाबारे सरकारलाई ओलीको कटाक्ष - घरका बाघ, बनका स्याल

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुला घटना प्रकरणमा सरकारले छिमेकी देश भारतसँग बोल्न नसकेको जिकिर गरेका छन् । छिमेकीका कारण नेपाली नागरिक मारिँदासमेत त्यसको प्रतिबाद गर्न नसक्ने सरकारलाई घरको बाघ बनको स्यालको संज्ञा समेत दिए।

सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको भेला तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष ओलीले नेपाली भूमिमा दशौँ हेलिकोप्टरहरू उडिरहेको तर सरकार बेखवर हुने गरेको भन्दै कटाक्ष गरे ।

दार्चुला प्रकरणमा जयसिंह धामीको मृत्युबारे प्रसंग निकाल्दै ओलीले भने, 'भारत थाहा छैन भन्छ, नेपाल सरकारले थाहा दिन सक्दैन ? नागरिक मारिदा चुइक्क बोल्न सक्दैन ? अनि यहाँ सडकमा लाठी लगाउन खोज्छ युवालाई’, ओलीले कटाक्ष गर्दै भने, ‘यस्तालाई भन्छन् घरका बाघ, बनका स्याल ।’

यस बिषयमा थप बोल्दै ओलीले प्रश्न गरे 'सरकारको यो भन्दा नालायकी के हुन्छ ? एउटा पार्टीको सरकार भए त बोल्न सकेन भनेर चित्त बुझाउन सकिने भन्दै पाँच पाँच वटा पार्टी हुँदा पनि बोल्न नसक्नु अचम्म भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077