Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बनेपाको पुलबजार डुबानमा– साना गाडी सडकमै विलय, राजमार्ग नै अवरुद्ध

काभ्रे – मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा यो वर्षकै उच्च पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ। भारी वर्षाले काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ। डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले बताएको छ।

होचो भू–भागमा रहेका घर डुबानमा परेका छन् छन्। खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077