Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंमा यो वर्षकै धेरै वर्षा, यी स्थानमा अझै ठूलो वर्षा हुने– मौसम विभागले दियो चेतावनी

काठमाडौं । नेपालका विभिन्न स्थानहरुमा हाल पनि वर्षा हुने क्रम रोकिएको छैन। देशको राजधानी काठमाडौंमा पनि आइतबार रातिबाट परिरहेको पानी अहिले पनि जारी छ।

मनसुनी वायुको प्रभाव कायमै रहँदा अधिकांश भेगमा वर्षा भइरहेको हो। हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा यो वर्षकै धेरै वर्षा भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा १०५ मिलिमिटर वर्षा भएको छ। भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ।

भारी वर्षापछि काठमाडौं उपत्यकाका साना तथा ठूला नदीको तटीय क्षेत्रमा डुबान भएको छ। बागमती, विष्णुमती, धोवीखोला, हनुमन्ते खोलालगायतका क्षेत्र आसपासमा बाढीपछि डुबान भएको विवरण प्राप्त भएको छ। भारी वर्षापछि सवारीसाधन सञ्चालन गर्नै अप्ठ्यारो हुने गरी सडक जलमग्न भएका छन्।

भोलिसम्म देशैभर ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ। आज दिउँसो प्रदेश–२ बाहेकका सबै क्षेत्रमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

वर्षासँगै देशका विभिन्न स्थानमा बाढीपहिरोको जोखिर रहेको महाशाखाले सर्तक रहन चेतावनी दिएको छ। लगातारको वर्षाका कारण पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा बाढीको खतरा रहेको भन्दै सुरक्षित रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077