Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको गुनासो– ‘सय जनालाई मन्त्री बनाएँ, तर...’

काठमाडौं । शान्ति सम्झौतापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सधैं नेपाली राजनीतिको केन्द्रमा नै रहेका छन्। कहिलेकाहीँ कतै ओझेलमा परीहाले भने पनि उनी आफूहरुलाई पुनरागमन गराउन सफल हुन्छन्।

नेपालमा सरकार निर्माणमा पनि उनको प्रभाव निकै परेको देखिन्छ। यसबीचमा उनले आफू निर्णायक हुँदै कतिलाई प्रधानमन्त्री पनि बनाए अनि कतिलाई मन्त्री पनि। हाल उनै प्रचण्डले मन्त्रीहरुको विषयमा गुनासो गरेका छन्।

प्रचण्डले पार्टीका एक सय बढी नेताहरुलाई मन्त्री बनाइसके पनि तीबाट आफूले सोचेजति साथ नपाएको गुनासो गरेका हुन्। भदौ १७ मा लुम्बिनी, १८ मा बागमती र १९ गते प्रदेश १ का केन्द्रीय सदस्य, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरुलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले पार्टी बनाउन नसक्ने हो भने विघटन गर्नुपर्ने जानकारी गराएका थिए।

उनले आफूले जसलाई अवसर दियो, उसैले धोका दिएको गुनासो गरेको मिटिङमा सहभागी एक नेताले जानकारी दिए। प्रशिक्षण कार्यक्रममा प्रचण्डले रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरुले धोका दिएको पनि बताए।

‘मैले आजसम्म प्रदेशका समेत गरेर सय बढीलाई मन्त्री बनाएछु,’ प्रदेश १ का नेताहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर, मन्त्री बन्ने, जनताको पक्षमा काम नगरी ती साथीहरु मलाई नै छोडेर जानुभयो, अब फेरि मन्त्री बनाउन दबाब दिइरहने संख्या बढ्दै गएको छ।’

‘पार्टी कसैले नबनाउने, नेतृत्वलाई घुर्क्याउन माग मात्र राख्ने गर्दा त कसरी पार्टी बन्छ ?’ प्रचण्डले सोधेका थिए, ‘जिम्मेवारी र अवसर हुँदा पार्टी बन्छ भनेर जिम्मेवारी दियो तर, जिम्मेवारी पुरा नगरी अन्त हिँडिदिने ? यो कस्तो कार्यशैली हो ? दिएर मात्र पार्टी बन्ने भए माओवादीमा अवसर पाउन बाँकी साथीहरु निकै थोरै हुनुहुन्छ।’

शेरबहादुर देउवा प्रधानमन्त्री भएको २ महिना हुन लाग्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। सत्ता गठबन्धनका दलहरुले पार्टीभित्रैबाट मन्त्री छान्न पनि सकिरहेका छैनन्। मन्त्रीको आकांषी धेरै भएपछि प्रचण्ड चनावमा छन्। पद नपाए पार्टी नै छाड्ने घुर्की नेताहरुबाट आउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077