Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आउँदैछन् चाडबाड, नगरौँ है भिडभाड : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिदै गरेको तीज पर्वको अवसरमा कोरोना भाइरसबाट बच्न एक सन्देश जारी गरेको छ।

आइतबार मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले एक सन्देश जारी गर्दै 'आउदैछन् चाडबाड, नगरौँ है भिडभाड' भन्दै कोरोनाको जोखिम कायमै रहेका कारण उच्च सतर्कताका साथ तीज मनाउन आग्रह गरेका छन्।

'आफन्तजनसँग भेटघाट गरेर, दर खाँदै र रमाइलो गरेर मनाइने तीज नजिकिदै छ, अधिकारीले सन्देशमार्फत् भनेका छन्,' तीजको बेलामा पुजाआजा गर्न मन्दिर जाँदा, दर खान जाँदा र सामूहिक नाचगान गर्दा कोरोना संक्रमण हुने सम्भावना धेरै हुने भएकाले यस्ता क्रियाकलाप गर्दा सतर्क रहनुपर्छ, सकेसम्म भिडभाड भएको ठाउँमा जानु हुँदैन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077