Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • दाङमा माछाले टोक्दा एकजनाको मृत्यु

    दाङमा माछाले टोक्दा एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 1.7K
    SHARES

    दाङ । दाङमा अढाइ जातको माछाले टोक्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–१ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्ती रहेका छन्।

    अढाइ माछाले टोकेर गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा लमही अस्पतालमा आज दिउँसो निधन भएको प्रहरीले जानकारी दिएको छ।



    माछाले टोकेर बेहोस भएपछि उनलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो। तर उनलाई बचाउन नसकिएको बताइएको छ। हाल शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीको भनाई छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार