Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि युवाहरुको प्रदर्शन

काठमाडौँ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कोविरुद्ध केही युवाहरुले प्रदर्शन गरेका छन् ।

शुक्रबार बिहान ११ बजेतिर एमसीसीको विरोध गर्दै केही युवाहरुले काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका थिए।

‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट प्रदर्शनमा उत्रिएकाहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले नो एमसीसी, रिजेक्ट्स एमसीसीलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

यस्तै, एमसीसीकी उपाध्यक्ष फातिमा जेड सुमार अर्को साता नेपाल आउदै छिन् । उनी नेपाल आउने तय भएसँगै विभिन्न टिका टिप्पणीहरु शुरु भएको छ ।

यसैबिषयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले राष्ट्रघाती एमसीसी अघि बढाउन लागेको भन्दै हिजो मात्रै आक्रोश व्यक्त गरेका थिए।

[insert page='83410' display='yopanipadhnuhos.php']

[insert page='83774' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077