रामनारायण यादव / जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गते पछि मात्र मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।
बिहीबार जनकपुरमा संचारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै अध्यक्ष यादवले गठबन्धनमा कुनै विवाद नभएको तर २२ गते पछि मात्र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने जसपाको प्रस्तावमा गठबन्धन सहमत भएको उनले बताए ।
मन्त्रालयलाई लिएर माधवकुमार नेपालसँग विवाद भएको सन्दर्भमा संचारकर्मीहरुले सोधेको प्रश्नमा पुर्वउपप्रधानमन्त्री समेत रहेका यादवले मन्त्रालय भागबण्डामा कुनै विवाद नरहेको बताए ।
प्रदेश २ मा २२ गते सम्म सांसदहरुले पार्टी रोज्न पाउने भएको र पार्टी फुटन सक्ने डरले त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने सोच्नु भएको हो ? भन्ने प्रश्नमा उनले तत्काल फुरसतको कमी रहेकाले २२ गते नै गरौं भन्नेमा सवै सहमत भएको उनको भनाई छ ।
उनले लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुलाई विचारा भन्दै उनीहरुसँग जसपाको तुलना नगर्न आग्रह गरेका छन् । प्रदेश २ मा २२ गते सम्म जसपाका स्थानिय र प्रदेशका जनप्रतिनिधीहरुले दल रोजन पाउने र निर्वाचन कार्यालयमा सनाखत गर्न पाउने समय सिमा तोकिएको छ ।
यादवको स्वागतका लागि विमानस्थलमा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, पार्टीका नेता कार्यक्रताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Leave a Reply