Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादवले मधेशको मुद्दा विसर्जन गरेको भन्दै जसपाका प्रदेश सांसद गिरीले लोसपा रोजे

जनकपुरधाम । प्रदेश २ मा जसपा उपेन्द्र यादव पक्षका एक सांसद महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका छन् ।

पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट उपेन्द्र यादवको तत्कालिन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित प्रह्लाद गिरी लोसपा रोजेका हुन् ।

फोरमबाट निर्वाचित लोसपामा सनाखत गर्ने उनी पहिलो सांसद हुन् ।

उपेन्द्र यादवले मधेश आन्दोलन, सहिद तथा घाइतेलाई धोका गरी मधेशको मुद्दा विसर्जन गरेकाले आफु मधेशको एक मात्र मूलधारको पार्टी लोसपा रोजेको सांसद गिरीले बताए । उनका अझै फोरम पृष्टभूमिका केहि सांसद लोसपामा सनाखत गर्ने उनले बताए ।

जसपाबाट महन्थ ठाकुर पक्षलाई आउट गरेपछि उनले खोलेको लोसपामा ११ जना सांसदले बुधबार निर्वाचन कार्यालय जनकपुरमा सनाखत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077