Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओली-सापकोटाबीच विद्रोहको संकेत, एमालेले कारवाही गरेका १४ सांसद नहटाउने सभामुखको निर्णय

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले ह्वीप उल्लंघनको आरोपमा नेकपा एमालेले निष्कासन गरेका १४ जना सांसदहरूको पद रिक्त नगर्ने निर्णय गरेका छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि उनीहरु अर्कै दल दर्ता गरी आएकाले सभामुख सापकोटाले कारबाही गर्नु नपर्ने निर्णय गरेका हुन्।

ती सांसदहरूले राजनीतिक दल सम्बन्धी अध्यादेश बमोजिम अलग दल दर्ता गरेको जानकारी निर्वाचन आयोगबाट प्राप्त भइसकेका कारण पद रिक्त नगर्ने निर्णय भएको पाण्डेको भनाइ छ।

नेकपा एमालेले भदौ १ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहित १४ जना सांसदहरू मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई ह्वीप उल्लंघनको आरोपमा कारबाही गरेको थियो ।

यसअघि एमाले अध्यक्ष केपी ओलीले आफूले कारवाही गरेका सांसदहरुलाई पदमुक्त नगरेको भन्दै सभामुखलाई धम्की स्वरुप सभामुख बनिरहन मन छ कि छैन भन्दै ठाडो हकारेका थिए ।

बुधबार  च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भनेका थिए, 'सभामुखजीले राजनीति खेल्न खोज्नु भयो, हामीले कारवाही गरेका सांसदहरुलाई पदमुक्त गर्नुपर्ने उहाँले उल्टै विचाराधीन छ भन्नुभयो, यो राम्रो हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077