Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च: ३५ वटा ढोका खुल्ला, सतर्क रहन प्रशासनको आग्रह

    सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च: ३५ वटा ढोका खुल्ला, सतर्क रहन प्रशासनको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 1.7K
    SHARES

    सप्तरी । सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर वर्षाका कारण नदीको वहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।

    कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५३ हजार १ सय ९० क्यूसेक पुगेको छ ।



    नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा पानीको बहाब २ लाख ५६ हजार २० क्यूसेक मापन गरिएको थियोा । पछिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ ।



    पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारण समेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाब थप बढ्ने आंकलन गरिएको छ ।

    यता कोशी नदीको बहाब बढ्दा सप्तरीका सप्तकोशी नगरपालिका, कञ्चनरुपन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका लगयायत कोशी किनारमा बस्नी तथा होचा स्थानहरुमा कटान हुने सम्भावना बढीरहेकोले जिल्ला प्रशासन कार्यालयले सूचाना जारी गर्दै उक्त क्षेत्रका बासिन्दाहरुलाई सुरक्षा सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार