Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् नेकपा समाजवादीका ३० जना सांसदहरु, जसले ओली प्रवृतिविरूद्धको लडाइँमा जित हात पारे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले फुटेर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन्।

त्यस्तै, झाँक्रीका अनुसार राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएका छन् भने प्रमुख सचेतक र सचेतकलगायतका जिम्मेवारी भने दलका नेताले चयन गर्ने सहमति भएको छ।

यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रतिनिधिसभामा २३ सांसद छन् भने राष्ट्रियसभामा सात जना सांसद छन्।

यी हुन् नेकपा एकीकृत समाजवादीका सांसदहरु:-


  1. माधव कुमार नेपाल

  2. झलनाथ खनाल

  3. मुकुन्द न्यौपाने

  4. कल्याणी कुमारी खड्का

  5. विरोध खतिवडा

  6. जीवनराम श्रेष्ठ

  7. रामकुमारी झाँक्री

  8. निरादेवी जैरू

  9. प्रेम बहादुर आले

  10. मेटमणी चौधरी

  11. सरला यादव

  12. भवानी खापुङ

  13. पुष्पा कुमारी कर्ण कायस्थ

  14. समिना हुसेन

  15. कृष्णलाल महर्जन

  16. कृष्ण कुमार श्रेष्ठ

  17. कलिला खातुन

  18. हिराचन्द्र के.सी.

  19. धन बहादुर बुढा

  20. गोपाल बहादुर बम

  21. पार्वती कुमारी विशुंके

  22. लक्ष्मी चौधरी

  23. विना बुढाथोकी

  24. बेदुराम भुसाल

  25. शेर बहादुर कुँवर

  26. ठगेन्द्र प्रकाश पुरी

  27. उदया शर्मा (पौड्याल)

  28. सिंग बहादुर विश्रकर्मा

  29. नन्दा चपाई

  30. शान्ति कुमारी अधिकारी जिसी


नयाँ पार्टी दर्तापछि नेकपा (एस) ३० जानै सांसदहरुले आफूहरु पार्टीभित्र भएको आन्तरिक द्वन्दबाट बाहिर निस्केर एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारलाई परास्त गर्न सफल रहेको बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077