एजेन्सी । हामीले घाइते भएर अप्ठ्यारा ठाउँहरुमा फसेका मानिसहरुलाई हेलिकप्टरमार्फत् उद्धार गरिएको खबर त सुन्दै अनि देख्द्दै आएका छौं । तर, यसपटक भने युरोपेली देश स्वीट्जरल्यान्डले पहाडी क्षेत्रमा घाइते भएर फसेका गाईहरूको हेलिकप्टरबाट उद्धार गरेको खबर प्राप्त भएको छ ।
अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाईहरु घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट उद्धार गरिएको हो ।
चर्न गएका गाईहरुमध्ये घाइते भएपछि हिँडेर तल झर्न नसक्ने अवस्थामा रहेका १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्याइएको भिडियोमा देख्न सकिन्छ।
हेर्नुहोस् भिडियो :
https://twitter.com/Reuters/status/1431789950643564544