Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एकीकृत समाजवादी सरकारमा जान्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु छिट्टै सरकारमा सहभागी हुने बताएका छन्।

बिहीबार नयाँ दलले मान्यता पाएपछि पहिलो पटक आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने,'अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान चाहन्छौं, सरकारमा सहभागी हुन्छौं ।’

आफूहरु सत्तारुढ गठबन्धनमा भए पनि हिजोका दिनमा एमाले भित्र रहेको भन्दै त्यतिबेला सरकारमा जाने अप्ठ्यारो रहेको बताए ।

यस्तै, अध्यक्ष नेपालले नयाँ पार्टी गठनबारेको प्रश्नमा जवाफ दिँदै भने, 'राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएका हौं, कोही कसैले छाडेर जाँदैमा केही फरक हुँदैन।'

यसैगरी, अध्यक्ष नेपालले अहिले परिस्थितिमा परिर्वतन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको बताउदै कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै भने, 'थाक्नेहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077