Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता (आयोगको पत्रसहित)

काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ। बुधबार सनाखतपछि नेकपा एकीकृत समाजवादीलाई आयोगले दर्ता प्रमाणपत्र दिएको हो।

नयाँ दल दर्ताका लागि नेकपा एकीकृत समाजवादीको तर्फबाट ५८ केन्द्रीय सदस्यले निवदेन दिएका थिए। बुधबार निर्वाचन आयोगमा गएर ५५ जनाले सनाखत गरेका थिए। यद्यपि दल दर्ताका लागि चाहिने २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेपछि पार्टीलाई आधिकारिकता दिएको हो।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो। नेकपा एमालेले आफूले कारबाही गरेका प्रतिनिधिसभाका १४ सांसद र कर्णालीका प्रकाश ज्वालामध्ये १० जना केन्द्रीय सदस्य भएको र उनीहरुको सनाखत गर्न नहुने भनेर निवेदन दिएको थियो।

आयोगमा यसबारे पनि छलफल भएको थियो। नयाँ दल दर्ताका लागि ५५ जनाको सनाखत भएको र १० जनालाई घटाउँदा पनि अध्यादेशअनुसार दल दर्ता हुने देखिएको आयोगको निर्णय छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077