Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

एमाले नेता सूर्य थापाका अनुसार पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा हुने विशेष पत्रकार सम्मेलनमा पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरुको समेत उपस्थिति रहने जनाइएको छ ।

मंगलबार माधवकुमार नेपालको साथ छाडेका एमाले नेताहरु समेत सहभागी बैठकले पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077