Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सनाखतका लागि दुई दल निर्वाचन आयोग जाँदै

काठमाडौं । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि निर्वाचन आयोग जाँदैछन्। निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएपछि उनीहरुलाई बुधबार सनाखतका लागि बोलाएको थियो।

आयोगले दुबै दललाई सनाखतका लागि साढे घण्टा समय निर्धारण गरेको छ। विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरुले सनाखत गर्नुपर्नेछ।

तोकिएको निर्धारित समयभित्र सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।

सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुबै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो। अध्यादेशअनुसार केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत पु¥याउन सकेमा नयाँ दल दर्ताका लागि अघि बढ्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077