Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा वन अधिकृत घिमिरेसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत घिमिरे र तत्कालीन सहायक वन अधिकृत बिन्देश्वरप्रसाद पटेलविरुद्ध जनही ४ लाख ९० हजार विगो दाबी गर्दै विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

त्यस्तै, तत्कालीन सहायक वन अधिकृत दिनेशप्रसाद जायसवालविरुद्ध आयोगले ३ लाख ९० हजार विगो दाबी गरेको छ ।

उनीहरुले जिल्ला वन कार्यालय, बारामा बाँसको कलमी विरुवा उत्पादन वा खरिद तथा सदुपयोग, अम्रिसो विरुवा उत्पादन वा खरिद तथा वितरण, नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका विउ खरिद गरी छर्ने समेतको कार्यमा अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077