Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कुनै पनि हालतमा एमालेमा नफर्किने माधव नेपालको स्पष्टोक्ति

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले एकताको कुरा लागि ढिलो भएको बताएका छन्। केन्द्रीय कमिटी बैठकका लागि चन्द्रागिरी पुगेका अध्यक्ष नेपालले अब नयाँ पार्टी निर्माणमा अघि बढन् आग्रह गरेका छन्।

सोमबार ओली १० बुँदे सहमति कार्यान्वयन गर्न तयार भएको र नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेपछि एमाले एकता फेरि चर्चामा आएको थियो। तर नेपालले भने अब कुनै भ्रममा नरहन नेताहरुलाई आग्रह गरेका छन्।

नयाँ पार्टीमा इमान र इतिहास भएका नेताहरु भएकाले अब नेपालमा एक शसक्त पार्टीको उदय हुने जानकारी दिएका छन्। ‘एकताको कुरा धेरै ढिलो भयो। अब नयाँ पार्टी निर्माणमा लगौं,’ नेपालले भने, ‘हामी इमान र इतिहास भएका नेता जम्मा भएका छौं। नेपालमा अब सशक्त पार्टीको जन्म भयो।’

९ भदौमा माधव नेपाल नेतृत्वमा दर्ता भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ। त्यसअघि केन्द्रीय कमिटी बैठक बस्न नेताहरु चन्द्रागिरी पुगेका हुन्। बैठकमा नेताहरुले पार्टी विधान र राजनीतिक एजेण्डाबारे छलफल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077