Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेमा फर्किएलान् त माधव नेपाल ? राष्ट्रपति भण्डारीसँगको वार्ताको तात्पर्य के हो ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। लामो समयपछि भण्डारी र नेपालबीच भेटवार्ता भएको छ।

नेकपा अस्तित्वमा रहेका बेला पार्टीभित्र विवाद हुँदा भण्डारी केपी शर्मा ओलीको पक्षमा थिइन्। त्यसपछि एमाले ब्यूँतिदा पनि राष्ट्रपति भण्डारी र नेपालबीचको दुरी घट्न सकेन। उनीहरुबीच लामो समय संवाद भएको थिएन।

नयाँ पार्टी दर्ता प्रक्रियामा गएपछि भण्डारीलाई भेट्न नेपाल शितलनिवास पुगेका हुन्। भेटमा राष्ट्रपतिले पार्टी विभाजनबारे चासो देखाएकी थिइन्। उनले दल विभाजन हुनु लोकतन्त्रको लागि राम्रो कुरा नभएको भन्दै अझैपनि मिल्नको लागि प्रयास गर्न नेता नेपाललाई सुझाएकी थिईन्।

नेपालले विकसित घटनाक्रमले पार्टीमा बस्न सक्ने स्थिति नरहेको बताएका थिए। नेपालले पार्टी अध्यक्ष ओलीले केही सर्तहरु मानेमा पार्टीमा फर्किन सकिने संकेत गरेको स्रोतको दाबी छ। शीतलनिवास स्रोतका अनुसार १४ सांसदलाई गरिएको कारबाही फिर्ता भए, संसद विघटन गर्नु गल्ती थियो भनेर माफी मागे र कार्यदलले गरेको १० बूँदे सहमति कार्यान्वयन गरेमा आफू पार्टीमा फर्किने संकेत गरेको बताइएको छ।

तर ओलीले माफी नमाग्ने अडान छाडेका छैनन्। नेपालनिकट नेताका अनुसार एमालमै फर्किन अब सम्भव छैन। नयाँ पार्टीले आधिकारिकता पाउनै लाग्दै अब फर्किन नसकिने ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077