Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

केपी ओलीलाई एमाले ‘तेस्रो धार’का नेताहरुले दिएकोको अल्टिमेटम आज, बालकोटमा निर्णायक वार्ता

काठमाडौ । नेकपा एमाले विभाजनमा संलग्न नरहेका तथा एकता पक्षधर एमाले स्थायी कमिटीका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमालेकाे आन्तरिक संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरु ओलीसँग १० बुँदे कार्यन्वयनको विषयमा निर्णायक वार्ता गर्न सोमबार बिहान बालकाेट पुगेका हुन्।

भेटवार्तामा नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका सहभागी छन्। यसअघि उनीहरुले पार्टी एकताका लागि १० बुँदे सहमति पालना नगरे आफूहरुले विद्राेह गर्ने चेतावनी दिएर वक्तव्य जारी गरेका थिए ।

यस्तै, यसअघिको एकता पक्षधरको बैठकको छलफलमा ५७ जना सहभागी भएका थिए । बैठकले दुई दिनभित्र १० बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको थियो।  तल्लो तहका कमिटीहरु र जनवर्गीय संगठनहरु २ जेठ २०७५ मा फर्किंदा हुने समस्या हल गर्न निश्चित समय दिएर कार्यदल गठन गर्नुपर्ने यो समूहको माग छ।

त्यस्तै ओलीले १४ सांसदमाथि गरेको कारबाही फुकुवा, नेपालले नयाँ दल दर्ताका लागि चालेको कदम फिर्ता हुनुपर्ने माग यो धारका नेताहरुको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077