Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • नदीमा बगेर बेपत्ता रामसिंह अझै भेट्टिएनन्

    नदीमा बगेर बेपत्ता रामसिंह अझै भेट्टिएनन्

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 3.5K
    SHARES

    फाइल फोटो

    बैतडी । सुर्नया नदीमा बगेर शुक्रबार बेपत्ता भएका बैतडीका एक व्यक्ति अझै भेटिएका छैनन्। जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट साउद बेपत्ता भएका थिए।

    बेपत्ता रहेका रामसिंहको अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।



    बेपत्ता साउदको प्रहरी र स्थानीयवासीले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार