Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी ओलीलाई एमाले ‘तेस्रो धार’को २ दिने अल्टिमेटम, माधव नेपाललेभन्दा ठूलो धक्का दिने चेतावनी

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको ‘तेस्रो धार’का नेताहरुले २ दिने अल्टिमेटम दिएका छन्। एमाले विवाद समाधानका लागि बनाइएको (हाल विघठित) कार्यदलले गरेको १० बूँदे समहति कार्यान्वयन गर्न २ दिने अल्टिमेटम दिइएको हो।

लामो समयदेखि माधवकुमार नेपाल पक्षमा लागेका नेताहरु जसले अन्तिम समयमा नयाँ पार्टी गठनका लागि नेपाललाई साथ दिएनन् ती नेताहरु हाल एमालेको ‘तेस्रो धार’का रुपमा देखिएका छन्।

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताहरुले १० बूँदे सहमति अक्षरसः कार्यान्वयन नभए विद्रोह गर्ने चेतावनी दिएका छन्।

उनीहरुको विद्रोहले केपी ओलीलाई माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो क्षति हुने बताएका छन्।अध्य क्ष ओली र नेता नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए।

छलफलमा ५७ जना सहभागी भएका थिए। बैठकले दुई दिनभित्र १० बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ तल्लो तहका कमिटीहरु र जनवर्गीय संगठनहरु २ जेठ २०७५ मा फर्किंदा हुने समस्या हल गर्न निश्चित समय दिएर कार्यदल गठन गर्नुपर्ने यो समूहको माग छ।

त्यस्तै ओलीले १४ सांसदमाथि गरेको कारबाही फुकुवा, नेपालले नयाँ दल दर्ताका लागि चालेको कदम फिर्ता हुनुपर्ने माग यो धारका नेताहरुको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077