काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट बहिरिएर नयाँ पार्टी खोलेका नेता माधवकुमार नेपालले पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) राख्ने भएका छन्।
एमाले विभाजनपश्चात् बुधबार निर्वाचन आयोग पुगेका नेपालसहितका नेताहरुले यसअघि नयाँ दलको नाम नेकपा एमाले समाजवादीको नाममा दर्ता गराएका थिए । तर आयोगले उक्त नाम अन्य राजनीतिक दलहरुको नामसँग मिल्न गएको भन्दै नाम फेर्न आग्रह गरेको थियो ।
त्यस्तै, नेपाल पक्षले यसअघि ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पुर्याइएको छ । चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको एक नेताले बताए
यसअघि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिको थियो।