Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगमा पुगेर एमाले सांसदहरुले भने - हाम्रो पार्टीको नामसँग मिल्ने कुनै पनि दल दर्ता नहोस्

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) एमालेले आफ्नो नामसँग मिल्ने गरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(१) (ङ) र ९ अनुसार राजनीतिक दलको नाम, झण्डा र चुनाव चिन्ह संरक्षण गर्ने जिम्मेवारी आयोगको भएको भन्दै यस्तो आग्रह गरेका हुन्।

गत बुधबार माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् ।

नेपालनिकट एक नेताका अनुसार अब नेपाल पक्षले आयोगकै सुझाव अनुसार पार्टीको नाम नेकपा एकीकृत समाजवादी प्रस्ताव गरेको छ । तर, चुनाव चिह्नबारे भने अझै टुंगो लागेको छैन । यसअघि खुला किताव चुनाव चिह्न राखिने भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077