Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माधव नेपालले आफ्नो पार्टीको नाममा एमाले राख्न नपाउने !

काठमाडौं । नेता माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ ।

आयोगले अन्य दलसँग नाम मिल्न गएपछि नाम परिवर्तन गर्न भनेपछि नेपालको पार्टीको नाममा एमाले नरहने भएको हो।

बुधबार एमाले विभाजनपछि निर्वाचन आयोगमा पुगेर नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी नामको दल दर्ता गर्न निबेदन दिएका थिए।

यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ ।

नेपाल समूहका नेताहरुका अनुसार अब पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077