Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले समाजवादीको सनाखत टुंगिएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालकाे पार्टी (एमाले समाजवादी)को सनाखत टुंगिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘समाजवादी केन्द्र नेपाल’द्वारा आयोजित कार्यक्रमको सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जति छिटो सो पार्टीको सनाखत हुन्छ, त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुने बताए।

'आज बिहानमात्रै हामी प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र म बसेका थियौं । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्न हुँदैन, तुरुन्तै टुंग्याउनुपर्छ भनेर समझदारी बनेको छ,' प्रचण्डले भने,' हिजोबाट नयाँ परिस्थिति बनेको छ। यो दर्ता भएको पार्टीको सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तारलाई टुंग्याउनुपर्ने कुरा भएको छ,।

बुधबार नेता नेपालले एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली नबनेका कारण नेताहरुको सनाखत हुन बाँकी छ।

गत असार २९ गते गठन भएको देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भन्दै आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077